Section 30
मालवस्तुको नमूना सङ्कलन र परीक्षण
(१) पैठारी हुने खाद्य वा पेयपदार्थ वा अन्य कुनै मालवस्तुको गुणस्तर परीक्षण, भन्सार मूल्याङ्कन, वर्गीकरण, जनस्वास्थ्य वा वातावरणमा पर्न सक्ने प्रभावको दृष्टिकोणले नमूना जाँच गर्न वा सम्बन्धित विशेषज्ञबाट जाँच गराउन वा प्रयोगशालाबाट परीक्षण गराउन आवश्यक देखेमा भन्सार अधिकृतले उक्त मालवस्तुको धनी वा निजको एजेन्टको रोहबरमा नमूना झिकी आफैले जाँच गर्न, सम्बन्धित विशेषज्ञबाट जाँच गराउन वा विभाग वा भन्सार कार्यालयको प्रयोगशाला वा अन्य सरकारी निकायको प्रयोगशालाबाट परीक्षण गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परीक्षणको लागि प्राप्त हुन आएको मालवस्तुको नमूना विभागको वा अन्य सरकारी निकायको प्रयोगशालाले यथाशीघ्र परीक्षण गरी त्यसको नतिजा सम्बन्धित भन्सार कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा. (१) बमोजिम भन्सार कार्यालयबाट परीक्षणको लागि प्राप्त नमूनाहरू बिभागको प्रयोगशालाले आफैले परीक्षण गर्न नसक्ने भएमा सरकारी निकायको अन्य प्रयोगशालाबाट परीक्षण गराई त्यसको प्रतिवेदन सम्बन्धित भन्सार कार्यालयमा पठाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो मालवस्तुले स्वास्थ्य वा वातावरणलाई हानि पुच्याउने वा प्रतिकूल असर पार्ने देखिएमा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई त्यस्तो मालवस्तु विदेशी मुलुकको सम्बन्धित निकासीकर्तालाई तोकिए बमोजिम फिर्ता पठाउने आदेश दिनेछ ।
तर भन्सार अधिकृतले त्यसरी आदेश दिनुअघि निज पैठारीकर्ताबाट त्यस्तो मालवस्तुको लागि भुक्तानी गरेको विदेशी मुद्रा फिर्ता ल्याएको प्रमाण पेश गर्न लगाउन वा त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने कवुलियतनामा पेश गर्न लगाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम दिइएको आदेश बमोजिम सम्बन्धित पैठारीकर्ताले त्यस्तो मालवस्तु फिर्ता नपठाएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी तोकिए बमोजिम सडाउन वा नष्ट गर्न सक्नेछ र त्यसरी सडाउन वा नष्ट गर्न लाग्ने वा लागेको खर्च सम्बन्धित पैठारीकर्ताबाट असुल गर्नेछ ।